टेलिकमको नमस्ने मोबाइलमा ब्यालेन्स सकियो ? अब चिन्ता नलिनुस्

काठमाडौं–नेपाल टेलिकमल व्यालेन्स सापटी लिन पाउने सेवा संचालन गरेको छ ।टेलिकमले शुक्रबारबाट मोवाईलमा व्यालेन्स सापटी पाउने सेवा संचालनमा ल्याएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले सेवाको शुभारम्भ गरे ।‘नमस्ते क्रेडिट’ नाम दिइएको सो सेवा लिनका लागि मोवाइलको म्यासेज बक्समा स्टाटस टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ । यो सुविधा अन्तरगत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको क्रेडिट टक टाईम को सुविधान प्रदान हुने टेलिकमले जनाएको छ ।सेवा लिन नचाहनेहरुले स्टप टाईप गरी १४७७ मा एसएमएस पठाउन सक्ने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?