काठमाडौं, १६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमलाई व्यवस्थित पार्ने बताएका छन् ।शुक्रबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रका समस्या अवगत गराउन मन्त्रालय पुगेको टोलीलाई मन्त्री यादवले त्यसका लागि आफूले व्यवसायीहरुसँग सहयोगको आशा राखेको बताए ।मन्त्री यादवले भने, व्यवस्थित बजार अनुगनका लागि कार्यविधि बनाएर अगाडि बढ्ने बताए । त्यस्तै २०३२–३३ सालमै बनेको कालोबजारी ऐनलाई संशोधन गर्न सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरि प्रक्रिया अगाडि बढाउने आश्वासन समेत दिए ।उनले नाफाभन्दा ठूलो कुरो सम्मान भएको चर्चा गर्दै सम्मानजनक व्यवसायका लागि विशेष आग्रह गरेका थिए ।यसैगरी नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्रेष्ठले पुरानो कालोबजारी ऐनको संशोधनतिर ध्यानाकर्षण गराएका थिए । साथै उनंले व्यापार घाटा बढिरहेको बेला विदेश निर्यात हुने नेपाली सामानहरुलाई सहुलियत दिनुपर्ने खाँंचो औंल्याएका थिए ।कृषिको उत्पादन बढाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा श्रेष्ठले जोड दिए । उनंले सरकारसँंग सहकार्य गरेर अगाडि बढ्न निजीक्षेत्र तयार रहेको पनि स्पष्ट पारे ।कार्यक्रममा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका समस्या समाधानका लागि निकट भविष्यमै बृहत छलफल गरी अगाडि बढ्ने मौखिक सहमति भएको प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियमले जानकारी दिए ।सो छलफलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्वय कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठलगायतका पदाधिकारी तथा सदस्यहरु सहभागी जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया