काठमाडौं, १६ चैत । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ । आगामी चैत २३ गते तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरिएको हो ।आज एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त परीक्षा स्थगित भएको सूचना जारी गरेको हो ।यसअघि आयोगले अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह)को परीक्षा चैत २३ गते दिउँसो १ बजेका लागि तोकेको थियो ।आयोगको यो निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरु र शिक्षक संगठनहरुले विरोध गर्दै आएका थिए ।आयोगले लिने उक्त परीक्षा स्थगित गर्न माग गर्दै तीन ठूला विद्यार्थी संगठनले बृहत प्रदर्शनसहित शैक्षिक हड्ताल घोषणा गरेका थिए ।विभिन्न संगठनहरुको चर्को विरोधकै बीच आयोगले परीक्षा स्थगित भएको सूचना जारी गरेको छ । आयोगले परीक्षा स्थगितबाट पर्न गएको असुविधाप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया