काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ३ गते आइतवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।
जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११९ रुपैयाँ तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ ६६ पैसा र बिक्रीदर १४१ रुपयाँ ३७ पैसा तोकेको छ ।
त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रिदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रिदर १६५ रुपैयाँ ३७ पैसा कामय भएको छ ।
साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया