प्रधानमन्त्री देउवाले दिए कोरोना परीक्षणको दायरा बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना परीक्षणको दायरा बढाउन निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर परीक्षणको दायरा बढाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्।

त्यस्तै कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध मिलाउन पनि प्रधानमन्त्री देउवाले निर्देशन दिए।

त्यसैगरी कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन समेत उनले निर्देशन दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?