रेल्वे ट्रयाकको स्पिड टेष्ट परीक्षण सफल : महाप्रबन्धक भट्टराई

जनकपुरधाम । रेल्वे ट्रयाकको स्पिड टेष्ट परीक्षण पूर्ण सफल भएको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।

उनले परीक्षणको क्रममा रेलको लिक (पटरी)मा कुनै समस्या नदेखिएको बताए ।

आइतबार विहान ११ बजेर १५ मिनेटमा रेलको इन्जिन लिएर जनकपुर हुँदै कुर्थासम्मको रेलको ट्रयाक परीक्षण गरिएको हो ।

रेलवे ट्रयाकको परीक्षण सफल भएको भन्दै महाप्रबन्धक भट्टराईले आफुहरुले यही महिना भित्र रेल हस्तान्तरण गर्ने बताए ।

रेल्वे संचालनका लागि मन्त्रालय नै खाली भएको तथा कर्मचारी नभएको कारण अहिले नै चल्ने अवस्था नरहेकोले यही महिनाभित्र रेल संचालनमा ल्याउने विश्वास उनले व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?