काठमाडौं। नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका बलर सोमपाल कामीले आगामी सिजनको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन्।
चितवनका मार्की खेलाडी सोमपालले टोलीको कप्तानीको जिम्मेवारी पनि लिने भएका छन्। चितवन टाइगर्सले औपचारिक विज्ञप्ति निकाल्दै सो विषयमा जानकारी दिएको हो।
सोमपाल पहिलो पटक चितवनको टोलीबाट ईपीएल खेल्न गइरहेका छन्। यस अघि काठमाडौं किङ्स ११ बाट ईपीएल खेलेका सोमपाल ‘प्लेयर ट्रेड’ नियमको माध्यमबाट चितवनसँग अनुबन्धित भएका हुन्। त्यसै गरी दीपेन्द्र सिंह ऐरी चितवनबाट काठमाडौंमा अनुबन्धित भएका छन्।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ सम्म आयोजना हुने तालिका रहेको छ। सो प्रतियोगितामा नियमित ६ टोलीले नै प्रतिस्पर्धा गर्दैछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया