काठमाडौं- आज (शुक्रवार) नेपालका वामपन्थी नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन् ।
कार्यक्रमलाई एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले सम्बोधन गर्ने कार्यतालिका छ।
पुष्पलाल मित्रता केन्द्रले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रमसहितको श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया