खोपको प्रमाणपत्र लिन पनि उत्तिकै सास्ती, टेकु अस्पताल अस्तव्यस्त (फोटोफिचर)

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरूको भीड लागेको छ।

विदेश जाने युवाहरुलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरुको भीड बढेको हो । सयौँको संख्यामा मानिहरूको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ।

देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तीननदिन अघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको बताउँछन् । विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाइ छ ।

खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ । ३ दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनुपर्ने बताएका छन्।

कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरैदिन देखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भईसकेको युवाहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?