माधव नेपालमाथि महेश बस्नेतको टिप्पणी- “प्रचण्डको पुच्छर र देउवाको बैशाखी”

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले माधव नेपाल प्रवृति बिरुद्ध उत्रिनुपर्ने बताएका छन्। युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले नेता नेपालबिरुद्ध नभई नेपाल प्रवृति बिरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन्।

नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छर र प्रधानमन्त्री शेरबहादुर देउवाको बैशाखी बनेको भन्दै टिप्पणी गरेका छन्। नेता बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तर्गतको युथ फोर्सले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?