काठमाडौँ- किसान लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो ।
यसअघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता सेयर जारी गरेकोमा थप करिब १३ लाख कित्ता सेयर एफपीओमार्फत बिक्री गर्न लागेको हो। कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता सेयर रहेको छ।
कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता १७३२ रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६८३ रुपैयाँदेखि २०४२ रुपैयाँसम्म पुगेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया