चीनले बढयो अमेरिकी वस्तु र सामानमा कर वृद्धि

बेइजिङ, १९ चैंत । विदेशी स्टील र एलुमिनियमा कर बढाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाएको छ ।चीनले बंगुरको मासु र वाइनसहित अमेरिकाबाट आयत गरिने १ सय २८ वस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको हो ।चिनियाँ कदमले सोमवार आयात हुने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ ।अमेरिकाको नयाँ कर प्रणालीले पारेको क्षति कम गर्न र चिनियाँ चासो र सन्तुलन बचाउनका लागि पछिल्लो कदम चालिएको चीनको भनाई छ ।यसअघि चीनले आफूले व्यापार युद्ध नचाहेको तर आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने बताएको थियो ।ट्रम्पले चाहिँ ‘व्यापार युद्धहरू राम्रो हुने’ र त्यस्तो स्थितिमाथि ‘जित हासिल गर्न’ अमेरिकालाई सहज हुनेमा जोड दिएका थिए ।अमेरिकी अधिकारीहरूले भन्सार दर बढाउन सकिने दशौं अर्ब डलर बराबरका अन्य चिनियाँ सामानहरूको पहिचान गरिसकेको बताएका छन् । त्यसले दुई देशबीच थप व्यापार युद्ध हुने सम्भावनालाई बल दिएको छ ।अमेरिकाबाट आउने सुख्खा फल, जिन्सेङ वाइन र स्टिल बारमा १५ प्रतिशतले भन्सार दर बढ्ने चीनको भनाइ छ । उसले थप वस्तु र सामानमा भन्सार बढ्न सक्ने संकेत गरेको छ ।मार्च २२ मा अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनियाँ लगानीलाई सीमित बनाउने घोषणा गरेको थियो ।अमेरिकाको भनाइमा चीनले वर्षौंदेखि गरिरहेको भनिएको प्रतिलिपि अधिकारको चोरीको बदलामा त्यस्तो कदम चालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?