प्योङयाङ, १९ चैत । उत्तर कोरियाली नेता किम जोङ्ग–उन र उनकी श्रीमतीले प्योङयाङमा विरलै भएको एक समारोहमा दक्षिण कोरियाका ‘के–पप’ कलाकारको प्रदर्शनको अवलोकन गरेका छन् ।नेता किमले दक्षिण कोरियाका कलाकारको प्रदर्शन अवलोकन गरेपछि अन्य दर्शकसँगै तालि बजाएका थिए । कार्यक्रम सकिएपछि उनले कलाकारहरूसँग कुराकानी गर्दै तस्बिर खिचाएका थिए ।दक्षिण कोरियाली कलाकारहरूको दशककै पहिलो भ्रमण विभाजित कोरियाली प्रायद्वीपका दुई देशका नेताहरूबीच शिखर वार्ताको तयारी भइरहँदा भएको हो ।दुई कार्यक्रमहरूमा गरी प्योङ्याङमा ११ वटा सांगीतिक कार्यक्रम गर्ने योजना छ ।यसअघि उत्तर कोरियाले दक्षिण कोरियाको प्योङ्चाङमा शीतकालीन ओलिम्पिकमा आफ्ना कलाकारहरू पठाएको थियो ।लामो समयको तनावपछि दुई कोरियाबीचको सम्बन्ध सुधार हुँदै गर्दा दक्षिण कोरियाली कलाकारहरुको भ्रमण भएको हो ।‘स्प्रिङ् इज कमिङ्’ अर्थात् ‘वसन्तको आगमन हुँदैछ’ नाम दिइएको सांगीतिक कार्यक्रम आइतवार प्योङ्याङको ग्रान्ट थिएटरमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया