यदि हामीले आफ्नो बच्चाबेलाको दिनहरु सम्झियौं भने अथवा प्राथमिक विद्यालयका दिनहरु फर्केर हे-यौं भने, यो सबैजनाले स्वीकार गर्नुहुन्छ, होला कि असल साथी बनाउनु कहाँ सजिलो थियो र ?
कहिलेकाँही मित्रता सुविधा वा अस्तित्वबाट उत्पन्न हुन्छन् जब हामी सीमित साथीहरुको छनोट गर्छौ । कहिले काँही मित्रताले लेनदेन, खाजा र लालीपपबाट शुरु हुन्छ भने कुनै मित्र खेल मैदान र प्रतियोगीताबाट हुन्छ ।
तर असल साथीहरु ति हुन् जो हर प्रहर हाम्रो साथमा खडा हुन्छन् । हाँसो र रोदनमा, सफलता र हारमा, प्रस्तता र खाँचोमा । साथीको सम्बन्ध तब बलियो हुन्छ जब हामी एक अर्को प्रति इमान्दार रहन्छौं र उसको भरोसामा खडा रहेर उसलाई आदर गर्छौ ।
यस परिप्रेक्ष्यबाट, राम्रो मित्रता उपयोगिता, आनन्द वा सुविधामा आधारित हुनुहुदैन जो जुन समय पनि छैन भंग हुन सक्छ तर मित्रताको त दुवै व्यक्तिको चरित्र वा गुणहरुको आधारमा बन्नु पर्छ ।
यस्तो मित्रतालाई स्वतन्त्र, पारस्परिक रुपमा अघि बढ्न दिनु पर्छ जसका कारण उनीहरु एक अर्काको स्वभावहरु पहिचान गर्न सकुन् ।
असल मित्रताको बारेमा हामीले धेरै कहानीहरु सुन्दै आएका छौं । असल मित्रताको उदाहरण दिएर कैयौं कथा, कविता, पुस्तक लेखिएका छन् सिनेमा बनेका छन् । त्यसैले होला भनिन्छ, ‘उज्यालोमा एक्लै हिँड्न भन्दा अध्याँरोमा एक साथीसँग हिँड्नु राम्रो हुन्छ ।’
‘उज्यालोमा एक्लै हिँड्न भन्दा अध्याँरोमा एक साथीसँग हिँड्नु राम्रो हुन्छ ।’
तर, साथी एकनास हुँदैन । साथीको स्तर नाप्ने साझा व्यारोमिटर पनि हुँदैन । साथी अनेक खालका हुन्छन् । हामीसँग जोडिन आइपुग्ने साथीको आनीबानी, प्रवृत्ति, नियत भिन्न भिन्न हुन्छ । त्यसलाई कसरी पहिचान गर्ने ?
एक अर्कासँग रहँदा समय बितेको थाहै हुदैन भने सम्झिनुहोस् उ तपाईको मिल्ने साथी हो ।
तपाईंको असल साथीले तपाईंको प्रशंसा र आलोचनामा सन्तुलन राख्छ ।
असल साथी तपाईको शक्ति हो र उनीहरुले तपाईको नराम्रा मात्रै होइन राम्रा कुराहरु पनि बताउँछन् ।
उनीहरुले तपाईंलाई प्रेरणा दिन्छन् ।
हरेक सम्बन्धले त्याग र जिम्मेवारीको माग गर्छन् ।
यदि तपाईको सोख र रुचीमा साथीले हरेकपटक आफूलाई मनपर्दैन भनेर चासो दिँदैन भने उसँग तपाईले मित्रता कायम राख्नुको कुनै अर्थ हुँदैन ।
कुनै पनि सम्बन्ध त्यतिखेर मात्रै सुमधुर रुपमा अगाडि बढ्छ जब एकअर्कामा विश्वास र भरोसा हुन्छ ।
असल साथीले कहिल्यै पनि तपाईंको गोपनियता तेस्रो व्यक्तिसँग खोल्दैन ।
असल साथीले तपाईलाई दुःख परेको बेलामा साथ दिन्छ । जब तपाईलाई दुःख पर्दा वा कुनै समस्या आइपर्दा कुनै साथीले तपाईंलाई साथ दिँदैन भने त्यस्तो साथीसँग संगत गर्नु राम्रो हुँदैन ।
कैयौं मानिसहरुले भनेको सुन्नु भएको छ होला–मेरो साथीले मलाई मोटरसाइकल चलाउन सिकायो, मलाई अंग्रेजी सिकायो । यदि तपाईलाई पनि साथीले तपाईंलाई नआउने धेरै कुरा सिकाएको छ भने सम्झिनुहोस् तपाईंलाई साथीले धेरै माया गर्छ ।
जहिले पनि साथी बनाउँदा ऊ असल छ कि छैन भन्ने ख्याल गर्नुपर्छ । राम्रो बानीबेहोरा भएका, मिलनसार, पढाइमा ध्यान दिने, सिर्जनशील व्यक्तिलाई साथी बनाउनुपर्छ ।
पढाइमा अल्छी, अरूसँग झगडा गर्ने, झूटो बोल्ने, आफूभन्दा ठूलाले भनेको नटेर्ने, गुरु(गुरुआमाले भनेको नमान्ने, घर, स्कुल र अरू ठाउँमा बदमासी गर्ने व्यक्ति असल साथी हुन सक्दैनन् ।
ठूलालाई आदर नगर्ने, सानालाई माया नगर्ने बानी पनि राम्रो होइन । त्यसैले राम्रो बानी भएकालाई मात्रै साथी बनाउनुपर्छ ।
साथी बनाउँदा जातजाति, कालो–गोरो, होचो अग्लो, शारिरीक अशक्तता भएको, सपांग भनेर विभिनन विधामा /तहमा छुट्टाएर हेर्नु हुँदैन । खाली उसको बानी-बेहोरा हेर्नुपर्छ । बानी राम्रो भए जसलाई पनि साथी बनाउँदा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया