पीएसजीलाई पराजित गर्दै लिलले जित्यो इतिहासकै पहिलो सुपर कप उपाधि

काठमाडौं। फ्रेन्च सुपर कप अन्तर्गत गए राती भएको उपाधि खेलमा लिग-१ विजेता लिलले बलियो टोली पीएसजीलाई १-० गोलले पराजित गरेको छ।

ब्लुमफिल्ड स्टेडियममा खेलिएको उक्त फाइनल खेलमा लिलले पीएसजीको ८ वर्षको राजलाई तोड्न सफल भएको हो। पहिलो हाफको ४५औं मिनेटमा स्ट्राइकर बुराक यीलमाजको पासमा जेकाले गोल गर्दै लिललाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेलमा ७१ प्रतिशत बल पोसेसन राखेपनि पीएसजीले गोल भने गर्न सकेन।

यस जितसँगै लिलले इतिहासमै पहिलो पटक फ्रेन्च सुपर कपको उपाधि उचालेको छ। यसभन्दा अघि लिल सन् १९५५ र सन् २०११ को सुपर कपमा पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?