वीर अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर गौतम

काठमाडौं। सरकारले डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो । मन्त्रालयका सचिव डा. रोशन पोख्रेलका अनुसार डा. गौतमलाई थापाथलीस्थित प्रसूती गृहमा सरुवा गरिएको छ ।

डा. गौतमको स्थानमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक डाक्टर मरासिनीलाई नियुक्त गरिएको हो।

प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै डा. गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका थिए।

डा गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?