काठमाडौं, २१ चैत । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको युट्युबको मुख्यालयमा आक्रमण भएको छ । सो आक्रमणमा परी तीन जना घाइते भएका छन् ।आक्रमणमा संलग्न एक महिलाले आक्रमणपछि आफैलाई गोली हानी आत्महत्या गरेकी थिइन् । घाइते भएकामध्ये एक ३६ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते युवक आक्रमणकारी महिलाका केटासाथी भएको बताइएको छ ।हमलामा ३२ र २७ वर्षका दुई महिलालाई पनि गोली लागेको थियो ।गोली लाग्ने ३२ वर्षकी महिलाको अवस्था नाजुक रहेको र २७ वर्षीया महिलाको भने अवस्थामा सुधार आएको बताइएको छ ।युट्यूबको सान ब्रुनोस्थित मुख्यालयमा भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । युट्युब मुख्यालयमा करिब १७ सय कर्मचारी कार्यरत रहेका छन् ।स्थानीय टेलिभिजन स्टेसनहरूले देखाएका तस्बिरमा कर्मचारीहरू हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया