काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गरेको छ ।
कम्पनीले हाल कायम जारी पूँजी २ अर्बको ३० प्रतिशत अर्थात ६० करोड रकम बराबरको सेयर जारी गरेको हो ।
प्रति सेयर १०० अंकित दरका ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत सेयर बराबर ३ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
कम्पनीको प्राथमिक निष्काशन (आइपिओ)मा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज विहान १० बजेबाट छिटोमा आइतबार अपरान्ह ५ बजे भित्र आवेदन दिन सक्नेछन् ।
अवधिमा सबै सेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ । यस्तै गरी आवेदकले न्यून्तम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैंक तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछ कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया