एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

लोकपथ
1.9k
Shares

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

यसरी हेर्नुहोस् नतिजा : 

नेपाल टेलिकमको प्रयोगकर्ताले १६०० बाट र एनसिएल प्रयोगकर्ताले १६०० मा एसएमएस गरेर एसईईको नतिजा थाहा पाउन सकिन्छ ।

साथै, www.neb.gov.np, www.see.gov.np www.see.ntc.net.np बाट एसईईको नतिजा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?