रियो दि जेनेरियो, २२ चैत । ब्राजीलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई भ्रष्टाचारको अभियोगमा १२ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ ।घण्टौंसम्म चलेको कानुनी बहसपछि ६ जना न्यायाधीशहरूले लुलाको विपक्षमा र ५ जना न्यायाधीशहरूले उनको पक्षमा फैसला सुनाएका थिए ।लुलाले भने आफूविरुद्धको फैसला पुनरावलोकन नभएसम्म आफू कैदमुक्त हुन पाउनु पर्ने दलिल पेस गरेका छन् ।अदालतको फैसलाले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनाव लड्ने तयारी गरिररहेका ब्राजिलका वामपन्थी नेता सिल्भालाई ठूलो धक्का लागेको छ ।यो मुद्दाले ब्रजिलको राजनीतिलाई निकै तताएको छ । मुद्दा चलिरहका बेला लुलाको पक्ष र विपक्षमा प्रदर्शनहरू भएका थिए ।उनले आफूविरुद्धको मुद्दा राजनीतिक उद्देश्यले अभिप्रेरित रहेको र यो आगामी राष्ट्रपतीय निर्वाचनमा भाग लिन नदिनका लागि ल्याइएको बताएका छन् ।लुलाको वर्कर्स पार्टीले उनीविरुद्धको अदालती निर्णय ‘प्रजातन्त्र र ब्राजिलको लागि दुःखद’ भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया