झापा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखाबाट २७ लाख २८ हजार ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।उनीहरुले नक्कली सुनको गरगरहना धितो राखेर वाणिज्य बैंक बिर्तामोड र धुलाबारी शाखाबाट २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम कुमार तामाङ्ग, बिर्तामोड–५ का ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेचीनगरपालिका–१२ का ४९ वर्षीय गणेश प्रधान र मेचीनगरपालिका–१० का ३३ वर्षीय प्रवेश अधिकारी छन् ।उनीहरु मध्ये मिना देवी खड्का र शम्भु खत्रीलाई जिल्ला अदालत, झापाको आदेश बमोजित पुर्पक्षका लागि थुनामा पठाइएको छ ।त्यस्तै, अदालतले ३ लाख ९८ हजार तामाङसँग धरौटी माग गरेको थियो । सो धरौटी बुझाउन नसकेपछि उनलाई थुनामा राखिएका छन् । उनी बैंकको बिर्तामोड शाखाका नगद सहायक सुन जाँचकी समेत भएको प्रहरीको भनाइ छ ।राजकुमार श्रेष्ठलाई ३ लाख ९८ हजार, गाणेश प्रधान र प्रवेश अधिकारीलाई ७०र७० हजार धरौटी माग भएकोमा उनीहरु बुझाएर छुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया