सेयरबजारमा नयाँ रेकर्ड, कारोबार १८ अर्ब नजिक

लोकपथ
70
Shares

काठमाडौं । सेयर बजारमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १६१.४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५१.८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ ले बढी ५८१.९५ मा पुगेको छ ।

यसअघि सोमबार १४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १७ अर्ब ८४ करोड पुगेको छ । कुल २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ मूल्यमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर ओरालो लागेको छ । विकास बैंकको ४०६.४४ बढेको छ भने र व्यापार ६७.२८ ले घटेको छ ।

कारोबारका आधारमा आज अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८९ करोडबराबरको कारोबार भयो ।

केन्द्रीय फाइनन्सलगायतका १३ वटा कम्पनीहरुको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सन्जेन जलविद्युतको ५.१६ प्रतिशतले गुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?