काठमाडौं । बुधबार सेयरबजार झिनो अंकले उकालो लागेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.७६ अंकले बढेर ३ हजार १६२.४० अंकमा पुगेर कारोबार बन्द भएको हो ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.४७ ले घटी ५८५.६२ मा पुगेको छ ।
यसअघि मंगलबार १७ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड पुगेको छ । कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर ओरालो लागेको छ । हाइड्रोपावरको १०४.७९ ले बढेको छ भने र व्यापार ४९.६५ ले घटेको छ ।
कारोबारका आधारमा आज पनि अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६८ करोडबराबरको कारोबार भएको छ ।
रुरु जलविद्युतगायतका ५ वटा कम्पनीहरुको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने जानकी फाइनान्सको ३.७४ प्रतिशतले गुमेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया