डडेल्धुरा । डडेल्धुराका व्यापारी माथि चक्कु प्रहार भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवामा होटेल तथा मदिरा पसद सञ्चालन गदै आएका व्यापारी खेमराज अवस्थी माथि चक्कुर प्रहार भएको हो । नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी जेके मदिरा पसलमा भएको बेला गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का युवाहरुको समुहले चक्कु प्रहार गरेको पिडीतले बताए ।
घाईते अवस्थीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरीएको छ । उनको कान, दायाँ हातको पाखुरामा चक्कुको घाउ छन् भने पसलमा समेत तोडफोड गरीएको छ । बिहीवार साँझ ५ बजे युवाको समुहले रक्सी महंगोमा विक्री गरेको भन्दै ४, ५ जना युवाको समुहले उनलाई कुटपिट समेत गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया