रोमेलु लुकाकु कीर्तिमानी मूल्यमा चेल्सी फर्किए

काठमाडौं। बेल्जियम राष्ट्रिय टोलीका स्ट्राइकर रोमेलु लुकाकु कीर्तिमानी मूल्यमा इंग्लिश क्लब चेल्सीमा पुनः अनुबन्धित भएका छन्।

सन् २०११ मा पहिलो पटक चेल्सी भित्रिएका रोमेलु लुकाकु यस पटक भने क्लब इतिहासकै सर्वाधिक रकममा भित्रिने खेलाडी बन्न पुगेका छन्। वर्तमान इटालियन सिरी-ए विजेता इन्टरबाट ९७.५ मिलियन पाउण्ड बराबरको रकममा चेल्सीले लुकाकुलाई क्लबमा पुनः अनुबन्ध गरेको छ।

Romelu Lukaku ○ Welcome To Chelsea FC ○ Goals, Skills & Assists | 2021 - YouTube

चेल्सीको औपचारिक वेबसाइटसँग कुरा गर्दै लुकाकुले आफु चेल्सी फिर्ता आउन पाएकोमा निकै खुशी र गर्व महसुस गरेको बताए। “शुरुमा यहाँ आउँदा मेरो उमेर सानै थियो, अहिले धेरै कुरा सिकेर, परिपक्व भएर फिर्ता आएको छु”, उनले भने।

चेल्सीको लागि अझै पहिलो गोलको पर्खाइमा रहेका लुकाकुले आफ्नो पहिलो बसाईमा १५ खेल खेल्दा गोल भने गर्न सकेका थिएनन्। त्यसपछि अरू इंग्लिश क्लब वेस्ट ब्रम, एभरटन र म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित भएका लुकाकुले २५२ खेलमा ११३ प्रिमियर लिग गोल गर्न सफल भएका थिए।

सन् २०१९ मा म्यान्चेस्टर युनाइटेडबाट इन्टर मिलान गएका लुकाकुले गत वर्ष इटालियन सिरी-एको उपाधि जितेका थिए। उनी गत वर्ष इन्टर मिलानको सर्वाधिक गोलकर्ता तथा असिस्टकर्ता समेत रहेका थिए।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?