फ्रान्समा कोरोना खोप कार्ड नदेखाए ६ महिना कैद

काठमाडौं । फ्रान्समा कोरोनाको खोप कार्ड नदेखाएमा ६ महिनासम्म कैद सजाय हुने भएको छ । त्यसैगरी ३ हजार ७५० युरोसम्म जरिवाना पनि हुने बताइएको छ ।

एउटा मात्र खोप नलाएको र भ्याक्सिन सर्टिफिकेट नभएको ब्यक्तिलाई १ सय ५० युरो जरिवाना २ वटा खोप नलगाएको लाई १५ सय र तीन वटा खोप नलगाई यात्रा गरेमा, सार्वजनिक ठाउमा भेटिएमा वा रेस्टुरेन्ट बार लगायत स्थानमा देखिएमा यस्तो कारबाही हुने बताइएको छ ।

यसैगरी रेस्टुरेन्ट, बार, सिनेमा हलमा जाने ग्राहक र दर्शकहरुको कोरोना सर्टिफिकेट नहेरी सेवा दिएमा त्यस्ता रेस्टुरेन्ट, बार, किराना पसल, सिनेमा हल लगायतलाई सिल गरेर १५ हजार देखि ५० हजारसम्म जरिवाना गरिने बताइएको छ ।

फ्रान्समा अहिले बार, रेस्टुरेन्ट सिनेमा हल, यातायात क्षेत्र लगायतमा मानिसको चहलपहल कम भएको छ । बजार र मानिस भीड–भाड हुने स्थानमा प्रहरीले अहिले कडा सुरक्षा चेक जाँच गरिरहेको छ ।

फोटो : दीपक चालिसे/ फ्रान्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?