सेयर बजार पुरानै लयमा, नेप्से परिसूचक ५.७२ अंकले बढ्दा कारोबार १५ अर्ब मात्र

लोकपथ
112
Shares

काठमाडौं । सोमबार  नेप्से परिसूचक ५.७२ अंकले उकालो लागेको छ । आइतबार नेप्से ओरालो लागे पनि कारोबार रकम २१ अर्ब नघेर नयाँ रेकर्ड कायम गरेकाे थियाे । तर साेमबार भने लगभग १६ अर्ब रुपैयाँको सेयर कारोबार भएर बजार पुरानै लयमा फर्किएकाे छ ।

सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १६०.०५ अंकमा पुगेर कारोबार बन्द भएको हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ३.५६ ले बढेर ५९२.९३ मा पुगेको छ ।

आज कुल २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर १५ अर्ब ९३ करोड ८९ लाख ७ हजार ९३८ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर ओरालो लागेको छ । उत्पादक कम्पनीको १५८.९८ ले बढेको छ भने र जीवन बीमा १७२.८७ ले घटेको छ ।

कारोबारका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७४ करोडबराबरको कारोबार भएको छ ।

कर्पोरेट विकास बैंक लिमिटेटलगायतका ५ वटा कम्पनीहरुको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने आईसीएफसी फाइनान्स लिमिटेडको ६.२७ प्रतिशतले गुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?