काठमाडौं । मंगलबार नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । सोमबार भने लगभग १६ अर्ब रुपैयाँको सेयर कारोबार भएर बजार पुरानै लयमा फर्किएको थियो। आज भने १८ अर्बको कारोबार भएको छ ।
सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.६६ अंकले घटेर ३ हजार १५९.४२ अंकमा पुगेर कारोबार बन्द भएको हो ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०६ ले घटेर ५९२.८७ मा पुगेको छ ।
आज कुल २२१ कम्पनीको ३ करोड ६१ लाख ३ हजार ४३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर ओरालो लागेको छ । विकास बैंकको २९२.७३ ले बढेको छ भने र जीवन बीमा २५१.७८ ले घटेको छ । आज पनि हिजोकै जस्तै जीवन बीमाले घाटा बेहोरेको छ ।
कारोबारका आधारमा आज अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८६ करोडबराबरको कारोबार भएको छ ।
बजार घट्दा पनि आज जोशी हाइड्रोपावरलगायतका ११ वटा कम्पनीहरुको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने एनआईबीएल प्रगति फण्डको ३.८६ प्रतिशतले गुमेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया