एजेन्सी । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन–हाईलाई २४ वर्षको जेल सजाय तोकिएको छ । उनलाई अधिकारको दुरुपयोग र जबरजस्तीको आरोपमा यो सजाय दिइएको हो ।फैसलालाई प्रत्यक्ष प्रशारण गरिएको थियो । यो निर्णयसँगै देशका राजनैतिक र व्यापारिक सभ्रान्तहरुविरुद्ध असन्तोष निम्त्याएर देश हल्लाएको एक स्क्याण्डलको पटाक्षेप भएको छ ।१८ अर्ब कोरियन ओन (१.७ करोड अमेरिकी डलर) जरिबाना पनि भोगेकी पार्कमाथि अनेक भ्रष्ट्राचारको आरोप लागेको थियो ।शुक्रबार उनी विरुद्ध फैसला सुनाइदा पार्क अदालतमा उपस्थीत थिइनन् ।उनले आफू विरुद्धको यो अदालती कारबाहीलाई बहिष्कार गर्दै आएकी छिन् । उनले आफूले कुनै गल्ति नगरेको बताउदै आएकी छिन् ।शुक्रबारको फैसलालाई प्रत्यक्ष प्रशारण गराउने अधिकारीहरुको कदम अभूदपूर्व थियो तर तिनले यो मुद्दामा रहेको सार्बजनिक चासोलाई औलाएर यो कार्यको औचित्य पुष्टि गर्न खोजे ।के थियो आरोप ?पार्कमाथि लागेको १८ आरोपमध्य १६ वटामा दोषी पाइएकी थिइन । उनी माथि लागेको अधिकाश आरोप घुष र बलजफ्तीसँग सम्बन्धीत थियो ।अदालतले उनले स्यामसङ्ग र लोट्टेजस्ता ठूला व्यवसायलाई उनकी नजिककी साथी चोई सुन–सीललाई करोडौं अमेरिकी डलर दिलाउन जालसाजी गरेको भनेको छ ।उनीमाथि उद्योगीहरुलाई चोईको सस्थासँग सम्झौता गर्न दबाब दिएको र चोई र उनकी छोरीलाई उपहार दिन पनि उस्तै दवाव दिएको आरोप रहेको छ ।यसका अतिरिक्त पार्कमाथि चोईलाई गोप्य राष्ट्रपतीय दस्तावेज चुहाएको आरोप पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया