अमेरिकाले मेक्सिकोसँगको सीमामा ठूलो संख्यामा फौज खटाउने

वासिंगटन, २४ चैत । अमेरिकाको टेक्सास राज्यले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनपछि मेक्सिकोसँगको सिमानामा नेशनल गार्डका सदस्यहरुलाई खटाउने तयारी गरेको छ ।गार्डका एकजना प्रवक्ताले आगामी ७२ घण्टाभित्र गस्तीका लागि २ सय ५० जनालाई पठाइने बताए । एरिजोना राज्यले पनि आगामी हप्ता १ सय ५० जनालाई खटाउने योजना बनाएको छ ।राष्ट्रपति ट्रम्पले सीमामा प्रस्तावित पर्खालको निर्माण नहुञ्जेल सुरक्षा सुनिश्चित गर्न चार सय सशस्त्र फौज खटाउन चाहेको बताएका छन् ।न्यू मेक्सिको र क्यालिफोर्निया राज्यहरूलाई पनि टेक्सस र एजिरोजना जस्तै कदम चाल्न भनिएको छ ।आप्रवासनविरोधी कडा कदम चाल्ने नीति अनुरूप ट्रम्पले शुक्रवार ‘क्याच एण्ड रिलिज’ भनिने पक्रने र छाडिदिने अभ्यास अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका थिए ।राष्ट्रपतिले आफ्नो योजना कार्यान्वयनमा खटिने सैनिक लगायतबारे विस्तृत विवरण समेत मागेका छन् । गैरकानूनी आप्रवासनको विरोधमा गत सात दिनमा ट्रम्पले थुप्रै ट्वीटहरू गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?