ब्राजिलका पूर्वराष्ट्रपति लुलाद्वारा आत्मसमर्पण गर्न अस्वीकार

ब्रासिलिया, २४ चैत । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रहरीसमक्ष आफूलाई समर्पण गर्न पाएको म्याद गुजारेका छन् ।भ्रष्टाचारको मुद्दामा उनलाई अदालतले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएपछि सजाय अघि बढाउन उनलाई तोकिएको म्यादभित्र प्रहरीसमक्ष उपस्थित हुन दिइएको समय गुजारेका हुन् ।लुलाले दक्षिणी ब्राजिलस्थित प्रहरी मुख्यालयमा आत्मसमर्पण गर्न अस्वीकार गरेका हुन् । तर उनका वकिलहरूले भने प्रहरीसँग वार्ता गरिरहेका छन् ।उनको घरबाहिर ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका छन् । लुलाले भने आफूविरुद्धको ठहर राजनीतिक रूपमा प्रेरित रहेको बताइसकेका छन् ।आगामी अक्टोबरमा हुने राष्ट्रपतीय चुनावमा उठ्न नदिने प्रपञ्ज अनुसार आफूविरूद्ध अदालतले ठहर गरेको उनको दाबी छ । सो चुनावमा लुलाले जित्ने सम्भावना रहेको मत सर्वेक्षणहरूले देखाएका थिए ।अदालतले १२ वर्ष कैद गर्न गरेको ठहरविरूद्ध जेल बाहिरै बस्न पाउने माग गर्दै परेको पुनरावेदन आत्मसमर्पण गर्नुपर्ने केही समयअघि मात्रै उनी हारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?