गाजा शहर, २४ चैत -इजरायलबाट शरणार्थीका रूपमा गाजा क्षेत्र र वरपरका स्थानमा प्यालेष्टिनीहरूले आँफू जन्मेको स्थानमा फर्किन पाउनुपर्ने दावीका साथ भएका प्रदर्शनको फोटो लिने क्रममा घाइते बनेका पत्रकारको शनिबार निधन भएको प्यालेष्टिनी अधिकारीले बताएका छन् ।गाजास्थित समाचार संस्था ऐनका प्यालेष्टिनी फोटोे पत्रकार यासेर मुर्तजालाई शुक्रबार भएको प्रदर्शनको फोटो लिने क्रममा गोली लागेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल स्रोतका अनुसार गाजास्थित एक अस्पतालमा उपचारका क्रममा एक पत्रकार र एक अन्य व्यक्तिको निधन भएकोे छ ।उक्त प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते भएका थिए । अघिल्लो हप्ता पनि दशौँ हजारको सङ्ख्यामा प्रदर्शनको भएको र उक्त क्रममा १७ जनाको इजरायली सेनाको गोली लागेर मृत्यु भएको थियो भने करिब एक हजार ४०० जना घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया