आन्दोलित शिक्षकमाथि प्रहरीको दमन

लोकपथ
35
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय क्षेत्र तनावग्रस्त भएको छ ।

नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग जारी गरेको आन्दोलमा प्रहरीले अनावश्यक दमन गरेपछि शुक्रबार विहानैदेखि नगरपालिका क्षेत्र तनावग्रस्त बनेको छ ।

शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरीत मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरु करिब एक महिना देखि आन्दोलनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?