फिफा वरियतामा एक स्थान तल झर्यो राष्ट्रिय महिला टोली

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रवार सार्वजनिक गरेको पछिल्लो वरियता अनुसार नेपाल १ सय १औं स्थानमा रहन सफल भएको छ। यसअघिको वरियतामा नेपाल १ सयौं स्थानमा रहेको थियो।

Nepal secure consolation win over Indonesia - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं साग खेलकुदमा रजत पदक जितेको नेपाली महिला राष्ट्रिय टोलीले त्यस पश्चात् अन्तराष्ट्रिय खेल खेलेको छैन। कोरोना महामारीका कारण पछिल्लो डेढ वर्ष यता कुनै पनि खेल नखेलेको हुँदा नेपाली टोलीको फिफा वरियता खस्किएको हो।

आगामी महिना उज्वेकिस्तानमा आयोजना हुन लागेको एसिया कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। अर्को वर्ष भारतमा आयोजना हुने एसिया कपमा सहभागिता जनाउने उद्देश्यले नेपाली टोली अहिले बन्द प्रशिक्षणमा रहेको छ।

Nepal loses to India in SAG Women Football

दक्षिण एसियाली मुलुकहरूमा भारत ५७औं स्थानमा रहेको छ। त्यस्तै बंगलादेश १३७औं स्थान, श्रीलंका १४३औं स्थान र माल्दिभ्स १४४औं स्थानमा रहेका छन्। उता भुटानको टोली भने १६१औं स्थानमा रहेको छ।

विश्व वरियताको शीर्ष स्थानमा संयुक्त राज्य अमेरिकाको महिला टोलीको दबदबा कायमै छ। त्यस्तै दोस्रो स्थानमा ओलम्पिक स्वर्ण पदक विजेता स्वीडेन तथा तेस्रो स्थानमा जर्मनी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?