लाइपजिगको शानदार जित, स्टटगार्ड पराजित

काठमाडौं। जर्मन बुन्डेस लिगाको सन् २०२१/२२ सिजन अन्तर्गत आफ्नो दोस्रो खेलमा बलियो टोली आरबी लाइपजिगले भीएफबी स्टटगार्डलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

आफ्नो पहिलो खेलमा माइन्जसँग पराजय भोगेको लाइपजिगले शुक्रवार राति खेलिएको दोस्रो लिग खेलमा भने शानदार प्रदर्शन देखायो। गए रातिको खेलको पहिलो हाफमा नै घरेलु टोली लाइपजिगले अग्रता लिन सफल भएको थियो।

RB Leipzig heeft Brobbey niet nodig voor eclatante zege op Stuttgart |  Buitenlands voetbal | ed.nl

खेलको ३८औं मिनेटमा नयाँ खेलाडी डोमिनिक स्जोबोसलाईको गोल मार्फत अग्रता लिएको लाइपजिगले पहिलो हाफ १-० मा अन्त्य गरेको थियो। खेलको दोस्रो हाफमा भने लाइपजिगले उत्कृष्ट प्रदर्शन गर्यो।

दोस्रो हाफको सुरुवाती मिनेटमै इमिल फोर्सबर्गले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए। नयाँ स्ट्राइकर आन्द्रे सिल्भाको पासमा फोर्सबर्गले गोल गरेका थिए। खेलको ५२औं मिनेटमा लाइपजिगले तेस्रो गोल थप्यो। स्जोबोसलाईले खेलमा व्यक्तिगत दोस्रो तथा आफ्नो टोलीको तेस्रो गोल गर्दा लाइपजिग अझै बलियो देखिएको थियो।

Bundesliga | Bleacher Report | Latest News, Videos and Highlights

पुरै खेलमा २७ शट प्रहार गरेको घरेलु टोलीले दोस्रो हाफको ६५औं मिनेटमा पेनाल्टी प्राप्त गर्यो। सो पेनाल्टीलाई आन्द्रे सिल्भाले गोलमा परिणत गर्दै लाइपजिगलाई फराकिलो जित दिलाउन सफल भए। उता आफ्नो पहिलो लिग खेलमा विजयी सुरुवात गरेको स्टटगार्डले गए रातिको खेलमा कुनै पनि गोल गर्न सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?