काठमाडौं। स्पेनिश ला-लिगाअन्तर्गत आईतवार राति खेलिएको खेलमा साविक विजेता एथ्लेटिको मड्रिडले एल्चेलाई १-० गोलले पराजित गरेको छ।
एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटियानोमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको ३९औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
निकै प्रतिस्पर्धात्मक खेल खेलेको एल्चेले बराबरी गोल भने फर्काउन सकेन। यस जितसँगै साविक विजेता एथ्लेटिको मड्रिडले नयाँ सिजनको दुई खेलमा दुई जित निकाल्न सफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया