मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, ३ तरिकाबाट हेर्न सकिने

लोकपथ
2.4k
Shares

काठमाडौं । मानुषी लघुवित्तले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले यही साउन २७ गतेदेखि ३१ गतेसम्म गरेको सार्वजनिक निष्कसनमा २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयरकको लागि आवेदन परेको थियो । जसमध्ये ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने २३ लाख ५४ हजार ७८४ जना आवेदकबाट माग भरएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ताको आवेदन सदर भएको हो ।

सदर आवेदकमध्ये कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर धितोपत्र निष्कासन तथा बाडफाड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले बाडफाड गर्दा ३६ हजार ८५९ जनाले १० कित्ता सेयर पाएका छन् । सोही मध्ये ३ जनाले थप १ कित्ता गरेर कुल ११ कित्ता सेयर पाएका छन् । यस्तै कुल योग्य आवेदकमध्ये २३ लाख २४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

आईपीओ हेर्नका लागि यस लिंकहरुमा किलिंक गर्नुहोस्

https://www.meroshare.cdsc.com.np

http://www.iporesult.nsmbl.com.np

http://www.iporesult.cdsc.com.np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?