दमास्कस, २६ चैत । सिरियाको एउटा सैन्य एयरपोर्टमा क्षेप्यास्त्र हमला भएको छ । सिरियाली सरकारी सञ्चारमाध्यले सैन्य अड्डामा एयरडिफेन्स सिस्टम सक्रिय भएको अवस्थामा नै हमला भएको जनाएका छन् ।सिरियाली टेलिभिजनका अनुसार सोमबार सोमबार होम्स सहरको टर्मिनल ४ एयरफिल्डमा ठूलो आवाजसहित विस्फोट भएको सुनिएको थियो ।सिरियाको सरकारी समाचार एजेन्सी सानाले तयफुर एयरपोर्टमा केही मिसाइल प्रहार भएको जनाएको छ । यसअघि आइतबार विद्रोहीको कब्जामा रहेको डौमामा रासायनिक हमलाको समाचार बाहिर आएको थियो ।आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘एक जनावर’ भन्दै तल्लो स्तरको भाषा प्रयोग गरेका थिए । ट्रम्पले सिरियालाई लिएर असद, रुस र इरानलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया