प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

लोकपथ
70
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भागको नजिक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?