ओटावा, २६ चैत । क्यानडाको एक फर्टिलिटी (प्रजनन) डाक्टरमाथि गर्भाधानका लागि आफ्नै अपरिचित व्यक्तिको वीर्य प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गराइएको छ ।डाक्टर नोरमान ब्राभिनमाथि गत वर्षको नोभेम्बरमा मुद्दा दर्ता गरिएको थियो । डीएनए परीक्षणबाट नोरमान आफ्नैमा उपचारका लागि आएकी महिलाकी छोरीका बाबु भएको पत्ता लागेको हो ।यसका साथै अन्य ११ जनाले नोरमान नै उनीहरुका सन्तानका जैविक बाबु भएको दाबी गरेका छन् ।नोरमानका विरुद्ध ५० जनाको एक समूहले उनीहरुका सन्तानको डिएनए आफूहरुले दिएको वीर्यको डीएनएभन्दा फरक भएको भन्दै उजुरी गरेका थिए । उनीहरुले सन् १९७० को दशकका घटनालाई लिएर उजुरी गरेका हुन् ।ओटावा र ओन्टारियो फर्टिलिटी क्लिनिकमाथि लागेको नयाँ आरोपबारे डा.ब्राभिनका वकिलले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । डिएनए परीक्षणमा सो क्लिनिकमा गएका ११ जनाका सन्तानका बाबु डाक्टर नै भएको पत्ता लागेको थियो ।यसैगरी अन्य १६ जनाले पनि डिएनए परीक्षणबाट आफूहरुका सन्तानका बाबु अरु नै कोही व्यक्ति भएको भन्दै उजुरी गरेका छन् । वकिलले समेत उनीहरुका जैविक बाबुबारे केही जानकारी नभएको बताएका छन् ।यसका अलावा ३५ जनाले पनि आफूहरुले जुन वीर्य दिएको थियो, त्यसको सन्तानको डीएनए मेल नखाएको भन्दै उजुरी गरेका छन् ।नोभेम्बरमा यो घटना ड्यानियल र डेभिना डिक्सनसँगै उनकी छोरी रिबेकाले डाक्टरविरुद्ध उजुरी गरेपछि बाहिर आएको थियो । यो परिवारले आफ्नी छोरी रिबेकाको डिएनए परीक्षण गराउँदा छोरीका जैविक बाबु डाक्टर नोरमान नै भएको पत्ता लागेको थियो ।यो परिवाले सन् १९८९ मा डा.नोरमानसँग गर्भाधानका लागि सम्पर्क गरेको थियो र ठीक एक वर्षपछि रिबेकाको जन्म भएको थियो । डेभिनालाई रिबेकाको खैरो आँखाबाट शंका भयो, किनकी डिक्सनको आँखा नीलो थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया