‘म १०० प्रतिशत टोटनह्याममै बस्नेछु’- ह्यारी केन

काठमाडौं। इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका कप्तान तथा टोटनह्याम हटस्परका स्ट्राइकर ह्यारी केनले कम्तीमा पनि एक सिजन टोटनह्याममै बिताउने भएका छन्।

पछिल्लो सिजनदेखि नै उत्तरी लन्डन क्लब टोटनह्याम छाड्ने मनसाय बनाएका केनले बुधवार इन्स्टाग्राममा आफू टोटनह्याममै रहने जानकारी दिएका छन्। प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीले केनलाई अनुबन्ध गर्न बारम्बार प्रयास गरेपनि अन्ततः त्यो असफल भएको छ।

टोटनह्यामका मालिक तथा अध्यक्ष ड्यानियल लेभीले म्यानचेस्टर सिटीको केन भित्र्याउने सपना विफल पारिदिएका छन्। सिटीले केनलाई अनुबन्ध गर्न औपचारिक रूपमा १०० मिलियन पाउण्डसम्म खर्च गर्ने प्रतिबद्धता देखाए पनि लेभीले केनलाई टोटनह्याममै राख्न सफल भएका छन्।

२८ वर्षीय केन र टोटनह्याम बीचको सम्झौता जुन २०२४ सम्मको रहेको छ। केनले बुधवार सामाजिक सञ्जालमा आफू टोटनह्याममै रहने जानकारी दिएपछि उनको भविष्य बारे टुङ्गो लागेको हो। “म १०० प्रतिशत टोटनह्याममै रहनेछु, क्लबको सपना र सफलताको लागि शत प्रतिशत लागि पर्नेछु”, केनले आफ्नो इन्स्टाग्राममा लेखेका थिए। यस पोस्ट पछि लामो समयदेखि अन्योलमा रहेको इंग्लिश स्ट्राइकरको भविष्य बारे टुङ्गो लागेको छ।

Premier League | Transfer Market: The mega transfer of the summer: Kane to Manchester  City for 190 million euros | Marca

गत सिजन केन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता (२३ गोल) तथा असिस्टकर्ता (१४ असिस्ट) रहेका थिए। म्यान्चेस्टर सिटीले यसै वर्ष आफ्नो स्ट्राइकर सर्जियो अग्वेरोलाई विदाई गरेसँगै ह्यारी केन भित्र्याउन चाहेको थियो। सिटी सँगसँगै म्यानचेस्टर युनाइटेड, रियल मड्रिड तथा पीएसजी पनि केनको हस्ताक्षरको दौडमा सहभागी थिए।

टोटनह्याम र म्यान्चेस्टर सिटीबीच खेलिएको नयाँ सिजनको सुरुवाती खेलमा केन टोटनह्यामको टोलीमा सम्मिलित थिएनन्। त्यसले उनको क्लब बहिर्गमनको चर्चा अझै बढी भएको थियो। तर गत साता वुल्भ्सविरुद्ध उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

Harry Kane announces he is to stay at Tottenham this summer after failed  Man City bids | Football News | Sky Sports

केनले टोटनह्याममा १७ वर्ष बिताएका छन्। जसमध्ये चार वर्ष उनी लोनमा अन्य क्लब गएका थिए। उनले टोटनह्यामका लागि ३३७ खेलमा २२१ गोल गरिसकेका छन्।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?