बिहीबारदेखि तीन दिनसम्म ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्राधिकरणको अनुरोध

लोकपथ
959
Shares

काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणले प्रेस नोट जारी गर्दै सतर्कता अपनाउन प्राधिकरणको अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?