स्कुल बस दुर्घटना हुँदा २७ बालबालिकासहित ३० जनाको मृत्यु

कांगडा, २७ चैत । भारतको हिमाञ्चल प्रदेशमा कांगडामा जिल्लामा एउटा स्कुल बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई घर छोड्न हिँडेको बस दुर्घटना हुँदा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको हो ।मृत्यु हुने बालबालिका सबै १० वर्षभन्दा कम उमेरका रहेका छन् । दुर्घटनामा परी २ जना शिक्षक र बस चालकको पनि मृत्यु भएको छ ।बसमा ४० विद्यार्थी रहेको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुने विद्यार्थीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइते विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाको कारण खुल्न सकेको छैन । सडकबाट दुई सय मिटर तल खोंचमा बस खसेर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?