आजको विनिमयदर सार्वजनिक (विवरणसहित)

लोकपथ
525
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार मंगलबार एक अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा तोकेको छ । सोमबारको तुलनामा आज (मंगलबार) एक रुपैयाँ बराबरले घटेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?