टोकियो प्यारालिम्पिक: पलेशाको पहिलो खेल बेलायतकी बेथसँग

काठमाडौं। जारी टोकियो प्यारालिम्पिक २०२० अन्तर्गत महिला पारा तेक्वान्दो विधामा नेपालकी पलेशा गोवर्धनले बेलायतकी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।

महिला के-४४ स्पर्धाको ५८ केजी तौल समूह अन्तर्गत पलेशाको पहिलो खेल बेथसँग परेको हो। कुल ११ खेलाडी सम्मिलित यस स्पर्धामा पलेशाको यात्रा प्रि-क्वार्टर फाइनल चरणबाट सुरु हुने भएको छ।

पलेशाले यदि आफ्नो पहिलो खेलमा बेथलाई पराजित गरेको खण्डमा उनले टर्कीकी गामजे गुर्दालसँग क्वार्टर फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछिन्। पलेशाको खेल यही शुक्रवार, सेप्टेम्बर ३ तारिखमा खेलिने तालिका रहेको छ। के-४४ अन्तर्गत ५८ केजी स्पर्धाको फाइनल खेल पनि शुक्रवार नै खेलिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?