काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको २ करोड कित्ता सेयर आज (बुधबार) नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले दोस्रो बजारको कारोबारको लागि SLI सिम्बोल पाएको छ । कम्पनीको आईपीओ भोलि (बिहीबार)बाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ।
नेप्सेले आईपीओलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।
सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो। कम्पनीले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।
नेप्सेले प्रकाशन गरेको सूचना हेर्नुहोस्:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया