भ्यान डाइकको पुनरागमनमा नेदरल्यान्ड्सको बराबरी

काठमाडौं। फिफा विश्वकप २०२२ छनोट चरण अन्तर्गत समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले नर्वेसँग १-१ गोलको बराबरी खेलेको छ।

नर्वेको घरेलु मैदान ओल्लेभाल स्टेडियममा ७ हजार दर्शकबीच भएको खेलमा नेदरल्यान्ड्सका कप्तान भर्जील भ्यान डाइकले लामो समय पश्चात् राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए। घुँडामा लागेको चोटका कारण उनले युरो कप २०२० समेत गुमाएका थिए।

Haaland scores as Norway holds Netherlands to 1-1 draw | Sports |  stltoday.com

गए राति खेलिएको खेलमा भने नर्वेका सुपरस्टार खेलाडी अर्लिङ हाल्यान्डले पहिलो हाफको २०औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर नेदरल्यान्ड्सले खेलको ३७औं मिनेटमा बराबरी गोल फर्कायो।

नेदरल्यान्ड्सका उप-कप्तान जर्जिनियो वाइनाल्डमको पासमा मिडफिल्डर डेभी कलासेनले पाहुना टोलीका लागि बराबरी गोल गर्न सफल भएका थिए। पहिलो हाफको खेल अन्त्य हुँदा दुवै टोलीले बराबरी खेल खेले।

𝐀𝐅𝐂 𝐀𝐉𝐀𝐗 💎 on Twitter: "HT: Norway 1-1 The Netherlands. Poor until  the 35th minute but we improved a lot since Klaassen's equalizer. Need to  push for 3 points now, a draw

निर्धारित ९० मिनेटको समयसम्म बलियो टोली नेदरल्यान्ड्सले खेलमा अधिकांश समय बल पोसेसनमा हैकम जमाएपनि निर्णायक गोल भने गर्न सकेन। यस बराबरीसँगै नेदरल्यान्ड्स समूह ‘जी’को अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?