गहन विषय हो भन्ने लाग्यो भने फिल्म लेख्छुः खगेन्द्र लामिछाने

काठमाडौं, २८ चैत – अभिनेता खगेन्द्र लामिछानेले आफूले फिल्म लेख्ने र खेल्ने कारण व्यावसायिकताका लागि मात्र नभएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।‘मैले लेख्ने र खेल्ने फिल्म व्यावसायिकताका लागि मात्र हुँदैनन्, मलाई यो विषय गहन हो भन्ने लाग्यो भने फिल्म लेख्छु, चल्ने र नचल्ने अर्को पाटो हो ।’, खगेन्द्रले भने ।चलचित्र ‘डमरुको डण्डिबियो’ का बारेमा बोल्दै उनले गत वर्ष राष्ट्रिय खेलबाट हटाइएको डन्डिबियो खेललाई फिल्मको मुख्य कथा बनाइए पनि फिल्ममा प्रेम तथा रोमान्स पनि भएको उनले बताए ।त्यस्तै अर्का कलाकार बुद्धि तामाङले फिल्मले डन्डिबियो खेललाई याद गराउने धारणा राखे । चलचित्रका बारेमा बोल्दै पर्यटन व्यवसायी तथा निर्माता विनोद गुरुङले नेपाली चलचित्र बिल्कुलै फरक स्वादमा बनेको बताए ।चलचित्रमा खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, अनुप बराल, अकिंत खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतका कलाकारले अभिनय गरेका छन् ।त्यस्तै चलचित्रलाई स्किृप्ट लेखक छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथा खगेन्द्रले नै लेखेका हुन् ।बैशाख २१ देखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारका लागि फिल्म निर्माण टिम यतिबेला मोफसलको टुरमा निस्केको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?