अमेरिका – फिल्म ‘डेडपूल’ का अभिनेता टी जे मिलरलाई बम भएको झुठो खबर फैलाएको मामलामा लागार्डिया हवाई अड्डाबाट गिरफ्तार गरिएको छ ।कनेक्टिकट जिले जारी गरेको एक विज्ञप्तिमा अभिनेताले ट्रेनमा बम भएको झुटो जानकारी जानबुझ नै दिएको भन्ने आरोप लगाइएको छ । मिलरले १८ मार्चमा ९११ मा फोन गरेर ट्रेनमा एक महिला यात्रीको ब्यागमा बम भएको झुठो जानकारी दिएका थिए ।अभिनेताले यस मामिलामा सफाई दिँदै आफू नशामा भएको र दोस्रो पङ्तिमा बसेकी महिलासँग झगडा भएपछि त्यस्तो भनेको बताएका छन् ।उनलाई गिरफ्तार गरिएको एक दिनपछि अदालतमा पेश गरेको १ लाख डलर तिरेपछि उनलाई रिहा गरिएको थियो । उनलाई यस मामलामा पाँच वर्षको कैद सजाय हुन सक्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया