काल्पनिक समाचार लेख्नेप्रति अनमोलको गम्भीर ध्यानाकर्षण

काठमाडौं, २८ चैत – युवा स्टार अनमोल केसीको क्रेज बाक्लो छ । उनलाई कहिलेकाहीं ट्रोल बनाइएको हुन्छ । त्यसमा उनले खासै प्रतिकृया दिएका हुँदैनन् । तर यतिबेला भने उनले सामाजिक सञ्जालमा फेक समाचार बनाउनेप्रति इंगित गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।केही समाचार माध्यमले अनमोल केसीका बारेमा झुठा र काल्पनिक कुरा लेखेर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले फेसबूकमा लेखेका छन् । साथै उनले नभएका कुरा लेखेर समाचार बिकाउने काम नगर्न अनुरोध पनि गरेका छन् ।‘केही अनलाइन मिडियाले मैले नभनेको कुरालाई काल्पनिक शीर्षक राख्दै लेखिएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, सम्पूर्णमा मेरो अपील, यो हेडलाइन हेरेर नझुक्किनु हुन आग्रह गर्छु’, उनले लेखेका छन्, ‘समाचार बिकाउने उद्देश्यले कसैको पनि चरित्र हत्या नगरिदिनु हुन पनि अनुरोध गर्दछु ।’सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, फेक एकाउन्टको समस्या, समाचार बिकाउन समाचार जस्ता देखिने लिंक आदिले गर्दा फिल्म कलाकार तथा अन्य प्रोफाइल पनि तनावमा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?